Logo

घरकै सदस्यबाट विवाहित पुरुष र उसकी प्रेमिकाको हत्या



Spread the love

एजेन्सी । एक युवतीको छिमेकको विवाहित पुरुषसँग प्रेम चलिरहेको थियो । एक रात प्रेमी युवतीलाई भेट्न उसको घर गयो अनि युवतीका घरका मानिसले पहिला युवतीको हत्या गरेपछि अनि प्रेमीलाई लट्ठीले पिटी हत्या गरेका छन् ।

यो कुनै फिल्मको कथा होइन । यो त छिमेकी मुलुक भारतको लखनउमा घटेको साँचो घटना हो । युवतीलाई भेट्न आएका उसको प्रेमीलाई घरका सदस्यहरुले युवती र प्रेमीलाई लट्ठी र डन्डीले पिटेर हत्या गरेका छन् । प्रहरीले दुईजनाको शव पोस्टमार्टमको लागि पठाई चार आरोपीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा युवतीका पिता, भाइ र नातेदार रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

जानकारी अनुसार लखनउको सहादतगन्ज क्षेत्रको एक क्षेत्रमा युवती सुफिया अाफ्नो परिवारको साथमा बस्दथी । उक्त युवतीको प्रेम छिमेकी अब्दुलसँग बसेको थियो । यद्दपि अब्दुल पहिला नै विवाहित थियो र युवतीको घरको नजिकै बस्दथ्यो । शनिबार मध्य राततिर युवतीलाई भेट्न गयो । जहाँ यहीं विषयलाई किएर विवाद उत्पन्न भयो । त्यसपछि युवतीलाई घरका सदस्यहरुले दुबै जनालाई लट्ठीले पिट्न सुरु गरे । यति धेरै पिटे कि दुबै जनाले ज्यान गुमाउनु पर्यो ।

समयमै पुगेको प्रहरीले परिवारका ૪ मानिसलाई गिरफ्तार गरेको छ । तर विवाहित प्रेमीको घरका सदस्यहरुले मध्य रातमा घर बोलाएको र त्यसपछि हत्या गरेको आरोप लगाएक छन् । विवाहित प्रेमीकी आमाले हाम्रो छोरोलाई घरमा बोलाएर हत्या गरेको आरोप लगाएकी छिन् । प्रेमीको श्रीमतीले पनि युवतीले पतिलाई बेला-बेलामा बोलाउने गरेको आरोप लगाएकी छिन् । लखनउको प्रहरीले पहिला युवतीलाई पिटेर हत्या गरेको र त्यसपछि युवतीलाई भेट्न आएको प्रेमीलाई हत्या गरेको बताएको छ । चारजनालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्