Logo

लकडाउन खुकुलो भएसँगै मदिरा पसलमा लाग्न थाल्यो घुईचो !



Spread the love

२२ वैशाख, काठमाडौं । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न मुलुकले देशभर लकडाउन लगाएको छ । त्यसैबीच भारतमा लकडाउन खुकुलो भएसँगै मदिरा पसल खोल्न दिने निर्णय गरेपछि मदिरा पसलमा मानिसको लामो लाइन देखिन थालेको छ ।

राजधानी सहर दिल्लीमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्थाहरुले जनाएको हो । एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ ।

सोमबारदेखि भारतले मुलुकमा कोभिड–१९को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्