Logo

भनेको नमान्दा पतिमाथि उम्लेको पानी खन्याइन् पत्नीले !



Spread the love

एजेन्सी। पतिपत्नीबीच विवाद हुँदा भारतको मुम्बईमा पत्नीले पतिमाथि उम्लेको पानी खन्याएकी छन् । पति लिभिङ रूममै सुतेका थिए भने पत्नीले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन् ।

तर भनेको नमानेपछि रिसको सुरमा पत्नीले पतिमाथि तातोपानी खन्याइन्। पतिको छाला खुइलिएपछि अस्पताल भर्ना गर्नुपरेको थियो ।

अस्पतालबाट निस्केपछि उनले पत्नीविरुद्ध उजुरी दर्ता गरे ।

प्रतिक्रिया दिनुहोस्