Logo

अटिजम भएका छोरालाई नहरमा धकेलेर मारिन् आमाले !



Spread the love

एजेन्सी। अमेरिका मायामीमा अटिजम भएका छोरालाई एक आमाले नहरमा धकेलेर मारेको भिडियो सार्वजनिक भएको छ । प्याट्रिसिया रिप्ले नामक महिलाले छोरो अलेहान्द्रोको अपहरणको नाटक गर्दै उनलाई डुबाउने कोसिस गरेकी थिइन् ।

पहिलोपटक छोरालाई धकेल्दा अन्य मानिसले बचाएका थिए भने दोस्रो प्रयासमा छोरोको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताए। अलेहान्द्रो अटिजमबाट पीडित थिए र बोल्न पनि सक्दैन थिए ।

मायामी–डेडकी न्यायाधिवक्ता क्याथरिन फर्नान्डेज रुन्डलले प्याट्रिसिया रिप्लेविरुद्ध कर्तव्य ज्यानको आरोप दर्ता गरिएको र धरौटीरहित हिरासतमा राखिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्