Logo

गरीबी हटाउनका लागि आमाबुवाले दिए छोरीको बलि



Spread the love

एजेन्सी। भारतको तमिलनाडुस्थित पुडुकोट्टई जिल्लामा १३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका छन् । प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् ।

पानी लिन गएकी विद्या घरैनजिक गम्भीर चोटपटक लागेको अवस्थामा भेटिएपछि अस्पताल लगिएता पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो । आर्थिक समस्या समाधानका लागि तान्त्रिकले दिएको उपाय अनुसार पनीरसेवेलम र मूकईले छोरी विद्यालाई मारेका एसपी पीभी अरुण शक्ति कुमारले जानकारी दिए।

प्रहरीले पनीरसेलवमलाई हिरासतमा राखेको छ भने तान्त्रिक र हत्यामा संलग्न अन्य दुई मानिसको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्