Logo

बाटोमा हिँड्दा मोबाइल चलाउन नपाइने नियम लागू हुँदै !



Spread the love

एजेन्सी। धेरै जसो हिँडिरहेको बेला पनि स्मार्टफोनको स्क्रिनमा आँखा गाड्ने मानिसहरुको जोखिमयुक्त आनिबानीका कारण दिक्क भएर होला जापानको यामातो सहरले यसविरुद्धको नियम लागू गर्दैछ ।

यस्ता लापरबाह मोबाइल एडिकका कारण कहिलेकाहीँ सडक पार गर्ने क्रममा खतरनाक दुर्घटनासमेत हुने जोखिम हुन्छ । यहीँ जोखिमलाई ध्यानमा राखेर यामातो सहरले सडक तथा पेटीमा हिँडिरहेको बेला बटुवाहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाउने नयाँ कानुन बनाउँदैछ । उक्त नयाँ कानूनको मस्यौदा जुन १ का दिन नगरसभामा पेस गरिएको छ ।

यदि कानुन पारित भएमा जुलाई १ तारेखदेखि नयाँ नियम लागू हुनेछ । नियम उल्लंघन गर्नेलाई सजाय गर्ने प्रावधान नयाँ नियममा हुने।

प्रतिक्रिया दिनुहोस्