Logo

एक दम्पतिको महँगो डिभोर्स – अदालत धाउँदा-धाउँदै सकियो ९ करोड



Spread the love

एजेन्स। बेलायतमा एक दाम्पतिको बिवाह भएको २२ वर्षपछि मनमुटाव भयो । विवाद यतिसम्म लम्बियो कि उनीहरु सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे ।

सम्बन्धविच्छेदका लागि अदालत पुगेका दुवैले सम्पत्तिको अधिक हिस्सा आफूले पाउनुपर्ने दाबी गरेपछि उनीहरुको अधोगति शुरु भयो । दुबै जना आफ्नो दाबीबाट पछि नहट्दा सम्बन्धविच्छेदको प्रक्रिया लम्बिएपछि मुद्दा किनारा लाग्न झन्डै २ वर्ष लाग्यो । वकिलको पारिश्रमिक तिर्ने क्रममा उनीहरुले ६ लाख पाउण्ड खर्चिनुपर्‍यो । यो अवधिमा उनीहरुले घर समेत बेच्नु परेको थियो।

गत शुक्रबार मात्र यी दुईको सम्बन्धविच्छेद भयो । करोडौंको सम्पत्तिका मालिक यी दम्पतीको भागमा बराबर जनही साढे ७ लाख रुपैयाँ मात्र पाए ।

प्रतिक्रिया दिनुहोस्