Logo

कोरोना महामारीको बेला बेलायतमा भने ठूला मुसाको आतंक !



Spread the love

एजेन्सी। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले गर्दा विभिन्न मुलुकमा लकडाउन जारी रहेको छ। लकडाउनका बेलामा जनावरहरूको फरक रूप देख्न पाईरहेको बेला बेलायतमा भने ठूला मुसाहरूले आतंक मच्चाइरहेका छन् ।

यी मुसाहरू १८ इन्चसम्म लामा हुन्छन् । लकडाउनका बेलामा यिनीहरूको व्यवहार आक्रामक बनेको छ र संख्या पनि बढेको छ । विगत दुई महिनामा यी मुसाहरू भूमिगत नालीबाट निस्केर आवासीय क्षेत्रतिर जान थालेका छन् । भोकले आत्तिएर उनीहरू एकअर्कालाई खान थालेका छन् ।

विषको असर पनि उनीहरूमा परिरहेको छैन । विषप्रति उनीहरूले इम्युनिटी हासिल गरिसकेका छन् । खानेकुरा पाइने ठाउँमा लामो समयसम्म बन्द हुनुपरेकाले यी मुसाहरू क्रोधी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्