Logo

मेसीलाई आइडल मान्ने बालकको ६ वर्षको उमेरमै सिक्स प्याक !



Spread the love

एजेन्स। प्राय: किशोरावस्थामा युवाहरुले सिक्स प्याक तयार गर्छन् । तर, इरानको बाबोल सहरमा जन्मिएका आरत होसैनी नामका ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन् । सुगठित शरीर मात्रै होइन उनी फुटबल र जिम्न्याष्टिक समेत राम्रो खेल्दछन् ।

इरानमा जन्मिएका आरत अहिले बेलायतको लिभरपुलमा बस्दछन् । सोसल मिडियामा स्टार बनिसकेका आरतको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् ।

फुटबल खेलाडी समेत रहेका उनले भविष्यमा बार्सिलोना क्लबमा गएर खेल्ने सपना साँचेका छन् । उनका मनपर्ने खेलाडी नै लियोनेल मेसी हुन् ।

प्रतिक्रिया दिनुहोस्