Logo

साढे दुई घन्टा चलेको मस्तिष्कको शल्यक्रियामा एक महिलाले बनाइन् ९० वटा पकौडा !



Spread the love

एजेन्सी। इटलीमा एक महिलाले मस्तिष्कको शल्यक्रिया गराउँदै गर्दा पकौडा बनाएकी छन् । साढे दुई घन्टासम्म चलेको शल्यक्रियामा उनले ९० वटा पकौडा बनाइन् । अजीन्डा ओसपेडाली रियुनिटी अस्पताल गरिएको शल्यक्रियामा ती महिलाको मस्तिष्कको शल्यक्रिया गर्दा जागृत बस्नुपर्ने बाध्यता थियो ।

महिलाले जागै बस्नका लागि आवश्यक काम पनि सकिहाल्ने योजना बनाइन् । यस्तो शल्यक्रिया गर्दा रोगीलाई पक्षघात हुने सम्भावना रहने भएकाले महिलालाई जागै बस्न भनिएको चिकित्सकहरूले बताए ।

त्यसअघि लन्डनको किंग्स कलेस अस्पतालमा ५३ वर्षीया ड्यागमार टर्नरले मस्तिष्कको शल्यक्रियाका बेलामा भायोलिन बजाइरहेको खबर प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्