Logo

बिहेपछि पतिको घर गइरहेकी दुलही अचानक हाम्फालिन् नदीमा !



Spread the love

एजेन्सी। भारतको राजस्थानमा भर्खरै बिवाह भएको महिलाले पतिको घर जाँदै गर्दा नदीको पुलबाट हाम्फालेकी छन् ।

अल्लाहपुर गाउँमा धुमधामसित युवतीको विवाह भएको थियो । बिहेपछि युवती आफ्ना पतिका साथ कारमा घर जाँदै गर्दा चम्बल नदीको पुल पुगेपछि दुलहीले बान्ता आएको भन्दै गाडी रोक्न लगाइन् ।

त्यसपछि उनी गाडीबाट निस्किएर पुलको रेलिङमा चढेर नदीमा हामफालेकी हुन् । प्रहरीले गाउँलेहरूको सहयोगमा गोताखोरहरूलाई दुलहीको खोज गर्न लगाएको छ । तर, अहिलेसम्म दुलहीको अत्तोपत्तो छैन ।

विवाहका बेलामा युवती खुशी देखिएको उनका परिवारका मानिसहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्