Logo

रक्सी खान नपाएर आक्रामक भएको बाँदरलाई जन्मकैदको सजाय !



Spread the love

एजेन्सी। भारतको कानपुर चिढियाघरमा एक बाँदरलाई जन्मकैद अर्थात् आजीवन जेल सजाय सुनाएको छ ।

कालुवा नामक बाँदरले मिर्जापुर जिल्लामा टोकेको २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले निरन्तर आफूसँगै बाँदरलाई पनि रक्सी खुवाउँथे।

बिस्तारै बाँदर पनि जड्याहा हुदै गयो। जब ती जड्याहा मालिक बिते, त्यसपछि रक्सी नपाएर कालुवा आक्रामक भयो । उसले जथाभावी टोक्न थाल्यो र मिर्जापुरमा आतंक मच्चियो ।

ठूलो प्रयासपछि कालुवालाई पक्राउ गरेर कानपुर चिडियाघरमा राखिएको समाचारमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्