Logo

बलिउड अभिनेता सलमान खान, करन जोहरसहित ८ जनाविरूद्ध अदालतमा मुद्दा दायर



Spread the love

एजेन्सी। सुशान्तसिंहको मृत्युको कारण भन्दै करन जोहरसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा परेको छ। एक वकिलले बुधबार एकता कपुर, सञ्जयलीला भन्साली, बलिउड अभिनेता सलमान खान, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेश र करन जोहरसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्।

यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको भारतीय संचार माध्यमले जनाएको छ। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको बताइएका छ।

प्रतिक्रिया दिनुहोस्