Logo

पाकिसकेको तलब माग्ने कर्मचारीलाई कुकुरले टोकाएर घाइते बनाइयो !



Spread the love

एजेन्सी। भारतको जोधपुरस्थित एक रेष्टुरेन्टमा काम गर्ने युवकमाथि तलब मागेको भन्दै मालिकले आफ्नै घरको कुकुरलाई आक्रमण गर्न लगाएका छन् ।

रेष्टुरेन्ट मालिकको कुकुरको टोकाइबाट ती मजदुर युवक घाइते भएका छन् । आफुले अघिल्लो महिनाको तलब माग गर्दा मालिकले रेष्टुरेन्टमा कुकुरलाई बोलाएर आफुलाई टोक्न लगाएको भन्दै ती युवकले महामन्दिर पुलिस चौकीमा उजुरी दर्ता गराएका छन् ।

रेष्टुरेन्ट मालिकमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्