Logo

मृत्यु भएको १० महिनापछि आयो पिताको यस्तो इमेल !



Spread the love

एजेन्सी। फिलिपिन्सको मनिलामा एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।

मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृत्यु १० महिनाअघि भएको थियो । जब उनले भर्खरै मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो ।

आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्