Logo

बाख्राको वास्तविक पिता पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा दर्ता



Spread the love

एजेन्सी। अमेरिकामा एकजना महिलाले बाख्राको पितृत्व पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेकी छन्। कि त बाख्राको वास्तविक पिता पत्ता लगाउनका लागि पितृत्व परीक्षण गराउनुपर्ने कि त आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग रहेको छ ।

क्रिस हेड्सट्रोमले गत महिना आफ्ना छिमेकी हेथर डेनरमाथि मुद्दा हालिन् । गत डिसेम्बरमा क्रिस हेड्सट्रोमले ९ सय डलरमा पाँचवटा बाख्रा खरिद गरेकी थिइन् । छिमेकी साथी डेनरसँग उनले नाइजेरियन पुड्का नश्लका बाख्रा खरिद गरेकी हुन् ।

अदालतमा दायर गरिएको मुद्दामा आफूले खरिद गरेका बेल्ला, गिगी, रोजी, जेल्डा र मार्गोट नामका बाख्राहरुलाई अमेरिकाको डेरी गोट एसोसिएसनमा दर्ता गर्नका लागि डीएनए परीक्षण हुनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्