Logo

अस्पतालले कोरोना रिपाेर्ट नदेखाएसम्म भर्ना नलिदाँ बेहुलीको मृत्यु !



Spread the love

एजेन्सी। भारतको उत्तर प्रदेशकाे कन्नौज जिल्लामा भइरहेको एक बिहेमा बेहुलीको ज्यान गएकाे छ । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहोस भइन् ।उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना रिपाेर्ट नदेखाएसम्म भर्ना नलिदाँ उनको ज्यान गयो ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्