Logo

घाँस खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा दर्ता



Spread the love

एजेन्सी। भारतको तेलंगानामा लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भएकाे छ । उक्त क्षेत्रमा वृक्षारोपण अभियान अन्तर्गत राेपेकाे विरुवाहरु स्थानीय एक किसानले पालेका १५ वटा बाख्राले खाइदिएका थिए ।

विरुवाहरु बाख्राले खाइदिएपछि आक्रोसित बनेका सरकारी अधिकारीले ती बाख्रलाई पक्राउ गरेर बाख्राविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

सबै १५ वटा बाख्रालाई नगरपालिका कार्यालयमा बाँधेर राखिएको छ । प्रत्येक बाख्रामाथि ३–३ हजार भारुको दरले जरिवाना लगाइएको छ । उक्त जरिवाना रकम बाख्रा मालिकले तिर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्