Logo

पक्राउ परेको ८ महिनापछि धरौटीमा छुट्यो भाले कुखुरा !



Spread the love

एजेन्सी। पाकिस्तानको घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनापछि एउटा कुखुरालाई रिहा गर्ने आदेश दिएको छ ।

सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ ।

कुखुरा जुधाई खेल खेलाइरहेको बेला प्रहरीले कुखुरा मालिकलगायत झण्डै एक दर्जन मानिसहरु सहित उल्लेखित पाँचवटा कुखुरालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्