Logo

विवाहका लागि प्रेमिकालाई प्रपोज गर्दा घरै जल्यो !



Spread the love

एजेन्सी । बेलायतको शेफील्ड शहरमा एक प्रेमिले आफ्नी प्रेमिकासँग विवाहका लागि प्रपोज गर्न रोमान्टिक वातावरण बनाउँदा दुर्घटना घटेको छ ।

उनले आफ्नो फ्ल्याटमा १०० वटा टीलाइट क्यान्डल बाले । मैनबत्तीहरूले वातावरण रोमान्टिक बनाउनुको साटो घरै डढाइदियो ।

दुर्घटनापछिको तस्वीर शेयर गर्दै साउथ योर्कशायर फायर यान्ड रेस्क्यु सर्भिसले ट्विटरमा लेख्यो, ‘ध्यान दिएर हेर्नुस् । तपाईं के देखिरहनुभएको छ रु हो, तपाईं सही हुनुहुन्छ । सयौं टीलाइट मैनबत्तीहरू । के भएको थियो जान्न चाहनुहुन्छ रु रोमान्टिक प्रपोजलका लागि यो सब गरिएको थियो तर सोचेको भन्दा फरक भइदियो । यसबाट मैनबत्तीको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा सबैले महत्त्वपूर्ण पाठ सिक्न पाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्