Logo

विचित्रको घडी, जसले वर्षमा एकदिन मात्र सही समय दिन्छ !



Spread the love

एजेन्सी । एउटा यस्तो घडी, जसले एक वर्षमा केवल एक पटक मात्र सही समय दिन्छ । स्कटल्याण्डको राजधानी एडिनबरामा त्यो अनौठो घडी रहेको छ । एडिनबरास्थित बालमोरल होटलको घण्टाघरमा रहेको सो घडी सधैं ३ मिनेट छिटो चल्दछ । ५८ मिटर उचाइको घण्टाघरमा रहेको उक्त घडी निकै चर्चित छ ।

रेलवे कम्पनीका प्रबन्धकहरुले यदि यात्रुहरुसँग ३ मिनेट समय बाँकी रह्यो भने उनीहरुले सजिलैसँग टिकट खरीद गर्न सक्दछन् र गाडीबाट आफ्ना सामान उतारेर रेलमा राख्न सक्दछन् भनेर उक्त घडीको समय यथार्थभन्दा ३ मिनेट छिटो बनाइदिए ।

यो घडी वर्षका अरु दिन ३ मिनेट छिटो चलेपनि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको दिन भने ठ्याक्कै सही समय देखाउँदछ ।

प्रतिक्रिया दिनुहोस्