Logo

वडाले सच्यायो गल्ती, फेसबुकमा जनप्रतिनिधिलाई गाली गर्नेलाई सुविधाबाट वञ्चित नगर्ने



Spread the love

२७ कार्तिक, सल्यान । सल्यानको बागचाैर नगरपालिका वडा नं. ४ कार्यालयले सामाजिक सञ्जालमा वडाध्यक्ष तथा जनप्रतिनिधिलाई गाली गर्ने व्यक्तिलाई वडाका कुनै सेवा तथा सुविधाबाट वञ्चित नगरिने प्रष्ट पारेको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै वडा कार्यालयले जनप्रतिनिधिलाई गाली गर्ने लगायत कसैलाई पनि कार्यालयबाट प्राप्त हुने सेवाबाट वञ्चित नगरिने प्रष्ट पारेको हो ।

बिहीबार सोही वडाले फेसबुकमा वडाध्यक्ष तथा जनप्रतिनिधिलाई गाली गरेको भन्दै सोही वडाका सिमाखोली निवासी दिल बहादुर केसीलाई सबै प्रकारका सेवा तथा सुविधाबाट वञ्चित गर्ने भन्दै विज्ञप्ती निकालेको थियो । तर, शुक्रबार गल्ती भएको भन्दै अर्को विज्ञप्ती निकालेर गल्ती सच्याएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्