Logo

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुन: शुरु



Spread the love

काठमाडौं – नेपाली कांग्रेसको स्थगित केन्द्रीय समितिको बैठक आजबाट पुन: शुरु हुने भएको छ । निर्वाचन समीक्षाका लागि बोलाइएको बैठक केन्द्रिय सदस्य खुम बहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो । चैत्र ९ देखि बसेको बैठकमा ४३ जना केन्द्रिय सदस्यले आफ्नो भनाई राखिसकेका छन् ।

स्थगित हुनुपूर्व बोल्ने अधिकांश केन्द्रिय सदस्य हरुले नेतृत्वको आलोचना गरेका थिए । बैठकमा नेताहरुले लिखित/अलिखित धारणा राख्दै आएका छन् । चैत्र १७ देखि स्थगित बैठक ११ बजे देखि केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्