Logo

ओली- प्रचण्ड भेटवार्ता हुँदै



Spread the love

 प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको शीर्ष नेताद्वयको बैठकमा पार्टी एकतामा उत्पन्न गतिरोध फुकाउने प्रयत्न हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले ९ गतेको मिति टरेको नभए अलिक पर सरेको बताए ।

“एकता प्रक्रियामा कुनै पनि समस्या छैनन्,” उनले भने, “दुईजना अध्यक्ष बसेर कार्यदलले टुंग्याउन बाँकी रहेका विषय टुंग्याउनुहुन्छ ।”

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि कार्यदलले विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएकाले शुक्रबार पनि छलफल हुने जानकारी दिए ।

महाधिवेशनपछाडि अध्यक्ष सुनिश्चित गरिदिन प्रचण्डको आग्रह
दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई महाधिवेशन पछाडि अध्यक्ष सुनिश्चितता गरिदिन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाईसमेत अध्यक्षमा उठ्न वचन दिएको चाल पाएका प्रचण्डले महाधिवेशनअघि कार्यकारीको भूमिका र महाधिवेशनपछि एकीकृत पार्टीको अध्यक्षको जिम्मेवारी खोजिरहेको स्रोत बताउँछ ।

शुक्रबारको बैठकमा पनि नेतृत्व र केन्द्रीय कमिटीमा दुवै पार्टीको अनुपातको विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्