Logo

माओवादी केन्द्रको सचिवालय बैठक, पार्टी एकताबारे अन्तिम निर्णय



Spread the love

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ ।  बैठकमा  नेकपा एमालेसँगको पार्टी एकताका सन्दर्भमा छलफल हुने बताइएको छ ।

मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको  केहि दिनभित्रमै दुई पार्टीबीच एकता  गर्ने गरी छलफल भइरहेको बताएका थिए ।

प्रचण्डको अभिव्यक्तिको भोलिपल्टै बोलाइएको सचिवाल बैठकले के निर्णय गर्छ भन्नेमा धेरैको चासो रहेको छ । दुई पार्टीबीच एकताको सन्दर्भमा  सांगठनिक, प्रतिनिधित्व, चुनाव चिन्ह, प्रस्तावनाको भाषालगायतका विषयमा कुरा मिलिनसकेको बताइँदै आएको छ । आजको बैठकले पार्टी एकताबारे अन्तिम निर्णय गर्ने पार्टी स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्