Logo

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भएर बनेको नयाँ पार्टी बुधवारबाट विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधवार बसेको निर्वाचन आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको छ ।

नवगठित पार्टीले नेपाल कम्युनिष्ट पार्टीले नामको तल धर्को कोरेर दर्ताको लागि निवेदन दिएको थियो तर अगाडी नै नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा दर्ता रहेकाले आयोगले प्रमाणपत्र दिएको थिएन ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस्