Logo

खड्गबहादुर विश्वकर्मालाई ३ दिन थुनामा राख्न अनुमति



Spread the love

जिल्ला अदालत काभ्रेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई  ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।  नमोबुद्ध–६ मा रहेको क्रसर उद्योग आगजनीमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यलय काभ्रे ल्याइएको थियो ।

सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि नेकपाका पोलिट्ब्यूरो सदस्य कृष्ण गम्भीर र मोहन कार्कीलाई पक्राउ गरी म्याद थपिरहेको छ ।
पूर्व मन्त्री विश्वकर्मा यसअघि जबरजस्ती चन्दा असुलीमा पक्राउ परेका थिए । सर्वोच्च अदालतले छाड्ने आदेश दिएलगत्तै उनलाई पक्राउ गरी काभ्रे ल्याइएको थियो । धमला र कार्की २३ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्