Logo

नरेन्द्र मोदीको लागी चुनौती बन्दै कन्हैया कुमार



Spread the love

काठमाडौं । भारतको बीहारमा हुन गइरहेको लोकसभा चुनावमा बिहारका कम्युनिष्टका उम्मदेवार कन्हैया कुमार अहिले र्चचामा छन ।
कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा नरेन्द्र मोदीको पार्टी बीजेपीलाई वैचारिक चुनौती दिँदैछन् ।

उनी यतिबेला भाजपा सरकारको साम्प्रदायिक राजनीतिबाट पीडित अल्पसंख्यक भारतीयहरुका लागि एक विद्रोही आवाज बनेका छन् ।

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।

अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।

आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया ९सीपीआई० को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।

बगुसराय परम्परागतरुपमा कम्युनिष्ट पार्टीको गढ हो । तर, पछिल्लो समयमा भने भारतीय जनता पार्टीले यो गढ भत्काएर आफ्नो पकडमा लिएको छ । यसपालि भाजपाका भेट्रान उम्मेदवार गिरिराज सिंहसँग कन्हैयाको भिडन्त हुने छ । गिरिराज पूर्वमन्त्रीसमेत हुन् । त्यसो त त्यसो त आरजेडीका तनवइीर हसन पनि प्रतिस्पर्धामा धेरै पछाडि छैनन् ।

भूमिहार समुदायको हुनु कन्हैयाको प्लस प्वाइन्ट हो । यस क्षेत्रमा भूमिहारको जनसंख्या साढे ४ लाख छ । सीपीआईले उनलाई ‘सन अफ सोयल’ ९भूमिपुत्र० भनेर प्रोजेक्ट गरिरहेको छ ।

अर्को उनको बलियो पक्ष हो राष्ट्रिय छवि । उनी देशले नै आशा गरेका युवा नेता हुन् । खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले उनलाई भरोसा गरिरहेको छ । मुस्लिम समुदायले समेत कन्हैयाप्रति सहानुभूति राख्छन् । तर, आरजेडीले मुस्लिम उम्मेदवार उठाएकाले उनलाई घाटा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्