Logo

१२ राज्यमा आज दोस्रो चरणमा मतदान



Spread the love

५ बैशाख, काठमाडौ ।

भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा आज दोस्रो चरणमा मतदान हुँदैछ। यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ।

संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ। सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्