Logo

भारतमा तेस्रो चरणको चुनाव आज



Spread the love

१० बैशाख, काठमाडौ ।

भारतको तल्लो सदन लोकसभाका लागि १४ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानमा तेस्रो चरणको मतदान शुरु भएको छ ।

आजको चुनावबाट भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धी, धेरै जना भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवानेता हार्दिक पटेलको भाग्यको फैसला हुनेछ ।

सन् २०१४ को आमनिर्वाचनमा यी क्षेत्रबाट भारतीय जनता पार्टी र यसको गठबन्धनले ६६ स्थान जितेको थियो भने कङ्ग्रेस र यसको गठबन्धनमा रहेका दलहरुले २७ स्थानमा मात्र विजयी भएका थिए ।

तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका छन् । भारतीय निर्वाचन आयोगले चुनावका लागि २ लाख १० हजार मतदान केन्द्रको व्यवस्था गरेको छ । यो चुनावसँगै दक्षिणी भारतीय राज्यहरुको चुनाव सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्