Logo

तीन उच्च सैनिक अधिकारीहरुले दिए राजीनामा



Spread the love

१२ बैशाख खार्तुम ।

सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उमीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।

राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहेएका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील रहेका छन् ।

सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत सङ्घ (एसपिए) ले सैनिक परिषद विरुद्ध राजधानी खार्तुम सहित देशका प्रमुख शहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएको छ ।

सङ्घले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषदबाट तत्काल बर्खास्त गर्न माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्