Logo

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता



Spread the love

१२ वैशाख, भ्लादिभोस्तक ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ ।

रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए । उनलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषा सहित स्वागत गरेका थिए ।

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता हुँदैछ । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित हुने रुसी अधिकारीहरुले जनाएका छन् । यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नहुने र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नहुने क्रेमलिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्