Logo

फेरि रोल्पामा बम बिष्फोट



Spread the love

 

१७ वैशाख, काठमाडौँ ।
सोमबार र मंगलबार गरी रोल्पामा निरन्तर बम बिष्फोट भईरहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पा गएको बेलामा सोमबार र मंगलबार निरन्तर बम बिष्फोट भएको स्थानीयले बताएका छन्।

मुख्यमन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन जाँने क्रममा गैरीगाउँस्थित राँकडाँडामा आज बम बिस्फोट भएको हो।

रोल्पाको प्रहरी प्रमुख डिएसपी दिपक खड्काले भने बम बिस्फोट नभएको बताएका छन् । तर, त्यहाँका स्थानीयले भने बिस्फोटको आवाज आएको बताएका छन् ।

हिजो पनि रोल्पामा बम बिस्फोट भएको थियो । त्यसको जिम्मा भने नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्