Logo

जब विवाहमा साढे दुई किलो प्याज उपहार दिइयो तब …..



Spread the love

भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहार स्वरुप साढे दुई किलो प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए ।

रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ । शाहुलका अनुसार यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् ।

चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।

प्रतिक्रिया दिनुहोस्