Logo

किन हुन्छ कुकुरको सुँध्ने क्षमता मानिसको भन्दा दोब्बर ?



Spread the love

एजेन्सी । मानिसहरुको नाकको दुवै छिद्रहरुभित्र लगभग २५० वर्ग मिलीमिटर पहेंलो रंगको एउटा क्षेत्र हुन्छ, जसमा लाखौंको संख्यामा विशेष प्रकारको गन्ध संवेदनशील कोशिकाहरु हुन्छन् । यसलाई केमोरिसेप्टर भनिन्छ । मस्तिष्कको यो भागलाई ‌olfactory bulb भनिन्छ ।

जब हामी कुनै बस्तु सुघ्छौं त्यो बस्तुबाट निक्लिएको कण हावाको सँगसँगै केमोरिसेप्टरसम्म पुग्छ । त्यहाँ पुगेर यसले नसाहरुमा एक प्रकारको विद्युतधारा उत्पन्न गर्दछ । यही विद्युतधारा मस्तिष्कको ओलफ्याक्टरी बल्बसम्म पुग्दछ र हामी गन्ध वा वास्नाको अनुभव गर्दछौं ।

यही गन्ध बढी तथा घटी थाहा पाउने क्षमता ओलफ्याक्टरी बल्बमा निर्भर गर्दछ । जुन प्राणीको ओलफ्याक्टरी बल्ब जति ठूलो हुन्छ त्यसको सुँघ्ने क्षमता पनि त्यतिकै बढी हुन्छ । र, जुन प्राणीको ओलफ्याक्टरी बल्ब जति सानो हुन्छ उसको सुँघ्ने क्षमता पनि उत्तिकै कम हुन्छ । एक अनुसन्धान अन्नुसर कुकुरहरुको ओलफ्याक्टरी बल्बको आकार मानिसहरुको ओलफ्याक्टरी बल्बभन्दा धेरै ठूलो आकारको हुन्छ । त्यसैले उनीहरुको सुँघ्ने क्षमता मानिसहरुकोभन्दा बढी भएको हो । यही गन्ध थाहा पाउने विशेषताका कारण कुकुर मान्छेको लागि अति नै उपयोगी प्राणी साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्