Logo

जति धेरै सन्तान त्यति ठूलो मेडल



Spread the love

एजेन्सी । काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढाउन योगदान दिने आमालाई ‘हिरो मदर्स’ को तक्मा दिइन्छ ।

कुनै परिवारमा सात वा सोभन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण पदकबाट सम्मानित गरिन्छ । पदक पाउने आमाले सरकारबाट आजिवन मासिक भत्ता पनि पाउँछन् ।

रौशन कोजोमकुलोवा १० सन्तानकी आमा हुन् । उनीसँग रजत र स्वर्ण दुबै पदक छन् । आफ्नो यो उपलब्धीमा कोजोमकुलोवालाई गर्व छ । उनका घरमा ८ छोरी र दुई छोरा छन् । खानाको मेचमा सबै बच्चा सँगै खाना खाइरहेका छन् । सबैभन्दा कान्छो छोरा ठूलो दाइको काखमा बसेर खाना खाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्