Logo

कहाँबाट भयो किताबको सुरुवात ?



Spread the love

धेरै वर्षअघि मानिससँग लेख्ने साधनहरु केही थिएनन् । करिब चार हजार वर्ष पहिले प्राचीन इजिप्टका मानिसहरुले लेख्न सकिने साधानको आविष्कार गरे । उनीहरुले Papyrus नामक विरुवाको काठलाई काटेर समथर बनाउथे । अनि त्यसलाई सुकाएर त्यसमा लेख्ने काम गर्थे ।

कागजको आविष्कार भने सन् १०५ मा चीनका साई लुन नाम गरेका व्यक्तिले गरेका थिए । मसीको आविष्कार पनि चीनमा नै भएको विश्वास गरिन्छ ।

कागजको आविष्कार त्यति अगाडि भएपनि किताब भने आठौं शताब्दीतिर मात्र छापियो । चीन र कोरियामा आठौं शताब्दीतिर पहिलो पटक किताब छापिएको थियो । त्यति बेला किताब बताउन कागजमा नभएर भेडा र बाख्राको छाला प्रयोग गरिन्थ्यो ।

कागज र मसीको आविष्कार भएको चीनमा नै पहिलो पटक सन् १०५० मा काठको छापाखाना बनेको थियो । फलामको छापाखाना को आविष्कार चाहिँ कोरियामा भएको थियो । करीब सन् १४५० को दशकमा मात्र प्रथम पटक जर्मनीमा किताब छापिएको थियो ।

प्रतिक्रिया दिनुहोस्