Logo

छोरा छोरीको विवाह अघि नै सम्धीनीलाई लिएर भागे सम्धी



Spread the love

एजेन्सी। भनिन्छ प्रेम अन्धो हुन्छ । यसले न त कुनै जात, न त कुनै धर्म, न त उमेर नै भन्छ । यो भनाईलाई पुष्टि गर्ने भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ ।

भ्यालेन्टाइन्स डेमा छोराछोरीको विवाह हुने भनिए पनि सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो हर्कत पश्चात छोरा छोरीको विवाह टुटेको छ ।

दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ । निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ ।

विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्