Logo

ज्वालामुखीलाई साक्षी राखेर यी जोडीले गरे विवाह



Spread the love

एजेन्सी । फिलिपिन्समा गत महिना ज्वालामुखी बिस्फोट हुँदा समेत एक जोडीले आफ्नो विवाहलाई निरन्तरता दिए । चिनो र क्याट भाफ्लोरले ताल ज्वालामुखीबाट १६ किलोमिटर टाढा अवस्थित विवाह स्थलमा लगनगाँठो कसे । उनीहरुको विवाहको तस्बिर कैद गरिरहेका फोटोग्राफर र्‍यानडोल्फ इभानले आकाश माथि उठिरहेको खरानीको मुस्लोलाई उनीहरुको विवाहको पृष्ठभूमि बनाए ।

‘हामी खासमा निकै डराएका थियौं, हामीले काम गरिराख्दा ज्वालामुखीको अवस्थाबारे जानकारी लिन सोसल मिडिया हेरिरहेका थियौं । त्यसकारण हामीलाई यसबारे दिइएको चेतावनी र त्यसको बढ्दो स्तरबारे हामी जानकार थियौं,’ इभानले बताए । ‘स्थिती भयानक भएको अवस्थामा सबै मिलेर के गर्न सकिन्छ भनेर पनि हामीले छलफल गरेका थियौं ।’

इभानका अनुसार सभान्ना फार्म बाई सोलाङ्गेमा आयोजित उक्त विवाह समारोहमा उपस्थित सबैजना यी जोडीले ‘मञ्जुर छ’ भन्ने बेला निकै शान्तपूर्वक हेरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्