Logo

बीएमडब्ल्यू गाडीमा पेट्रोल हाल्न किसानले चोरे हाँस



Spread the love

एजेन्सी। चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउ गरेको छ । उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक रहेको छ ।

वास्तवमा उनले ३ करोड २२ लाख पर्ने बीएमडब्ल्यू गाडीलाई तेल हाल्न कुखुरा र हाँस चोरेका थिए । लिन्सुईका पुलिसले गत अप्रिलदेखि विभिन्न गाउँबाट बारम्बार कुखुरा र हाँस हराएको उजुरी पाइरहेको थियो तर यसको पछाडि एरियाकै धनाढ्यको हात होला भनेर कसैले पनि सोचेका थिएनन् । ती व्यक्ति दुई तल्ले घरमा बस्छन् र ३ करोड बढी पर्ने विलासी बिएमडब्ल्यू गाडी हाँक्छन् ।

पछिल्लो समय आर्थिक समस्याले ग्रसित उनी आफ्नो गाडीमा तेलसमेत हाल्न नसकेपछि क्वियाङ्ग नामका यी व्यक्तिले अरुको हाँस र कुखुरा चोर्ने, आफ्नो खेतमा पाल्ने र तेल किन्नका लागि बेच्ने गरेको बताइन्छ ।

अत्यधिक ऊजुरी परेपछि पुलिसले उनीबारे खोजी अभियान चलायो । सोधपुछमा ५० वर्षे किसानले चोरी गरेको स्विकार्दै उनको ३ करोड बढीको बिएमडब्ल्यू कार अत्यधिक ‘तिर्खाएको’ र तत्कालका लागि आफ्नो आर्थिक स्थिती पनि ठिक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्