Logo

आफ्नै देशको माटोमा बच्चा जन्माउने चाहमा कन्टेनरमा मगाइयो माटो



Spread the love

एजेन्सी । आफू जन्मेको देशमा आफ्ना सन्तान जन्माउने चाहना हरेक बाबु आमाको हुन्छ । तर सबैका लागि यो भने सम्भब हुँदैन । हालै इटालीमा एउटा यस्तै घटना घटेको छ ।

इटालीमा कार्यरत एकजना अमेरिकी सैनिकले आफ्नै देशको माटोमा बच्चा जन्माउने भन्दै अमेरिकाबाट एक कन्टेनर माटो इटाली लगेका छन् । इटालीमा परिवार सहित बस्दै आएका ती सैनिकले गर्भवती श्रीमती सुत्केरी हुनुभन्दा पहिले नै रकम खर्चिएर अमेरिकाबाट कन्टेनरमा माटो मगाएका थिए ।

अमेरिकी प्याराट्रुपर सेनामा कार्यरत टोनी ट्रेकोनी नामका ती युवकलाई आफ्नै देश अमेरिकाम बच्चा जन्माउने चाहना थियो । तर उनको ड्युटी इटालीको पडुआ क्षेत्रमा पर्यो ।

जब बच्चा जन्माउनका लागि उनकी पत्नीलाई अस्पतालमा भर्ना गरियो । उनले अमेरिकाबाट मगाएको माटोमध्ये केही भाग अस्पतालमा पत्नी सुतेको बेड मुनि लगेर राखिदिए ।

प्रतिक्रिया दिनुहोस्