Logo

सय वर्षको कछुवा ५० वर्षमै बन्यो ८ सय बच्चाको बाउ



Spread the love

एजेन्सी। पृथ्वीमा दिनहुँ कैयन प्रजातिहरू लोप हुन्छन् र कतिपय प्रजातिहरू संकटापन्न अवस्थामा पुग्दछन् । तर कछुवाको एउटा प्रजातिचाहिँ केवल एक भालेको कारण जोगिएको छ ।

लोप हुने अवस्थामा पुगको उक्त कछुवाको प्रजातिको एउटा भालेको शुक्रकिटबाट ८ सय कछुवाका बच्चा जन्मिएसँगै कछुवाको वंश जोगिएको हो । यो कछुवाको उमेर अहिले १ सय वर्षको भइसकेको छ भने वजन ४० किलो छ ।

डिएगो नामको यो कछुवा चेलोनोएडिस हूडेनसिस प्रजातिको हो । करीब ५० वर्षअघि यो प्रजातिका केवल दुइटा भाले कछुवा र १२ वटा पोथी कछुवामात्र जीवित थिए ।

प्रतिक्रिया दिनुहोस्