Logo

संसद् बैठकमै सांसदले गरे गर्लफ्रेण्डलाई प्रपोज!



Spread the love

एजेन्सी । हालै एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताव गरेका छन् । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेको यो घटना इटालीको हो । संसदमा बहस चलिरहेकै बेला आफूले बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् । उनकी प्रेमिका संसदको दर्शकदीर्घामा बसेकी थिइन् ।

संसदमै गर्लफ्रेण्डलाई प्रपोज गर्ने ती सांसदको नाम फ्लेवियो डी मुरो हो भने उनकी प्रेमिकाको नाम एलिसा डी लिओ हो । संसदमै आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन् ।

रोचक त के भने संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए । गम्भीर विषयमा बहस चलिरहेको बेला आफ्नो व्यक्तिगत तथा संसद् भवनभित्रको मर्यादाविपरीतको कार्य गरेकोमा सभामुखले ती सांसदको ध्यानाकर्षण पनि गराए ।

प्रतिक्रिया दिनुहोस्