Logo

गज्जबको कम्पनी, जहाँ सुते बापत डेढ लाख स्यालरी दिइने!



Spread the love

एजेन्सी । हामी सबैलाई थाहा भएकै कुरा हो काम गरेमात्रै तलब भत्ता पाइन्छ । जे होस् पैसा कमाउनका लागि जस्तो भएपनि काम गर्नैपर्दछ, सुतेर हुँदैन ।

सुतेर पैसा कमाइँदैन भन्ने हाम्रो धारणा अब पूरानो भैसकेछ । किन भने भारतको भारतको बैंगलोरमा रहेको एउटा कम्पनीले सुतेबापत १ लाख भारु पैसा दिँदैछ ।

वास्तवमा बैंगलोरमा रहेको अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो । यो अफरको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ । यो अफरमा सहभागी भएर एक लाख भारु कमाउनका लागि केही नियमको पालना गर्नुपर्छ ।

यो कार्यक्रमका लागि केही जनामात्र मानिसको छनोट गरिनेछ । छनोटमा परेका मानिसहरुले आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ ।

कम्पनीको नियम अनुसार छनोट भएका मानिसहरुले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्