Logo

लोग्नेको अत्यधिक मायाबाट आजित हुँदा पत्नीले मागिन् डिभोर्स!



Spread the love

एजेन्सी । यो घटना युएइको हो । एक महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन् कि त्यो सुन्दा सबैलाई अचम्म लाग्दछ । लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप रहेको छ ।

एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनले बताएकी छन् ।

अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, ‘मेरो पति न त म सँग झगडा गर्छन्, न त मलाई कहिल्यै चिन्तित हुन दिन्छन् । लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो । त्यसैले मैले डिभोर्स गर्ने निर्णय गरेकी हुँ ।’

लोग्नेको अत्यधिक प्रेम र स्नेहबाट आफु दुखित भएको उनको भनाई छ । बिहे भएको एक वर्षमा एकपटक पनि झगडा हुन नपाएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्