Logo

भालेको आक्रमणबाट भाले जुधाउनेको नै मृत्यु!



Spread the love

एजेन्सी। भारतमा सरकारले भाले जुधाइलाई गैरकानुनी करार दिए पनि थुप्रै ठाउँमा भाले जुधाएर भीडले मज्जा लिने गरेको छ। दक्षिण भारतको आन्ध्र प्रदेश राज्यस्थित प्रगादावरम गाउँका बासिन्दा सारिपाल्ली चानावेंकटेश्वरम कुखुराको भाले बोकेर भाले जुधाइ खेलमा भाग लिन कतै गइरहेका थिए। अघिल्लो बुधबार उनी एउटा प्रतियोगितामा भाग लिन घरबाट हिँडेका थिए। बाटोमा उनको भालेले फुत्किन खोज्यो।फुत्किने प्रयत्नमा छटपटाउँदा भालेले आफ्नो पञ्जाले सारिपाल्लीको घाँटीमा आक्रमण गर्‍यो। उसको पञ्जामा बाँधिएको ब्लेडले उनको घाँटीमा गहिरो चोट लाग्यो।

तीन बच्चाका बाबु सारिपाल्ली भालेको आक्रमणबाट रगतपच्छे भएका थिए। उनलाई अस्पताल पुर्‍याइयो। त्यहाँ उनको मृत्यु हृदयाघातबाट भयो।

भाले जुधाइ प्रतियोगितामा आफ्नो भालेलाई खुंखार बनाउन भालेधनीहरूले भालेको पञ्जामा ब्लेडजस्ता साना र धारिला हतियार बाँध्ने गर्छन्। सारिपाल्लीले पनि त्यसै गरेका थिए। जसको चर्को मूल्य उनले चुकाउनुपर्‍यो।

प्रतिक्रिया दिनुहोस्