Logo

प्रेमिकाको शवसँग युवकले गरे बिहे



Spread the love

एजेन्सी । बिहे भन्ने कुरा जिवित मानिसको मात्र हुन्छ । तर चीनमा एकजना युवकले आफ्नी प्रेमिकाको शवसँग बिहे गरेका छन् । ३५ वर्षका जू शिनान नामका ती युवकले प्रेमिकाको लाससँग बिहे गरेको घटनाको अन्तरकथा निकै नै मार्मिक छ ।

जू शिनान र उनकी प्रेमिका यांग लियूबीच केही वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले बिहेको मन्जुरीका लागि सन् २०१३ मै अदालतमा निवेदन दिएका थिए र अदालतले उनीहरुलाई बिहेको स्विकृति पनि दिइसकेको थियो । तर त्यसको ३ महिनापछि नै यांगलाई स्तन क्यान्सर लाग्यो ।

उनको उपचारका लागि कैयन् ठूला अस्पतालमा लगियो तर उनको स्वास्थ्य झनै खस्किँदै गयो । अन्ततः गत साता उनी गम्भीर बिरामी हुँदै कोमामा पुगिन् र त्यसको हप्ता दिन पश्चात उनको निधन भयो ।

यांगले आफू अस्पताल भर्ना हुनु अगावै आफूलाई मन पर्ने गाउन पहिरिएर बिहे गर्ने कुरा गरेकी रहेछिन् । त्यसपछि उनले प्रेमिकाको मन पर्ने गाउन लगाएर बिहे गर्ने सपना पूरा गर्ने बाचा गरे ।

यांगको मृत्युको एक हप्तापछि अन्तिम संस्कारको बेला उनले यांगको शवलाई वेडिङ गाउन लगाइदिए र विधिपूर्वक बिहे गरे । त्यसका अलावा उनले प्रेमिकाको शवमा १६९ वटा फूलका गुच्छा पनि राखिदिए ।

प्रतिक्रिया दिनुहोस्