Logo

हवाईजहाजसँग ६ वर्षदेखिको लामो प्रेम सम्बन्ध अब विवाहमा परिणत हुँदै



Spread the love

एजेन्सी। निर्जीव हवाई जहाजसँग कोही मानिसले प्रेम गर्ने र हवाईजहाजसँगै बिहे गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । तर, जर्मनीको राजधानी बर्लिनकी एकजना युवतीले हवाईजहाजसँग बिहे गर्दैछिन् ।

६ वर्षदेखि बोइंग ७३७–८०० विमानसँग प्रेम सम्बन्धमा रहेकी ३० वर्षकी ती युवतीले आगामी मार्च महिनामा सोही जहाजसँग बिहे गर्ने भएकी हुन् । मान्छे र हवाईजहाज बीचको त्यो विवाहचाहिँ नेदरल्याण्डको राजधानी एम्स्टर्डमा हुनेछ ।

हवाईजहाजसँग बिहे गर्न आँटेकी ती युवतीको नाम मिचेल कोबके हो । मिचेलले सन् २०१४ मा पहिलोपटक टेगल विमानस्थलमा उक्त हवाईजहाज देखेकी थिइन् । पहिलो नजरमै विमानसँग उनको प्रेम बस्यो । उनले त्यही जहाजसँग बिहे गरेको सपना देख्न थालिन् ।

प्रतिक्रिया दिनुहोस्