Logo

१३५ किलोको ज्यान भएको आतंककारीलाई लगियो ट्रकमा हालेर जेल



Spread the love

एजेन्सी। इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गरेको छ ।

आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा नअट्ने हुनाले ट्रकमा हालेर जेल लग्नुपरेको थियो । शिफा अल निमा नाम गरेका उक्त व्यक्तिलाई जीउको वजन १ सय ३५ किलो थियो ।

त्यो व्यक्तिको भिमकाय शरीर भएका कारण पक्राउ गर्न सुरक्षा फौज कोठाभित्रै जाँदा पनि ऊ ओछ्यानबाट उठ्न सकेको थियो । आइएस संगठनमा सो व्यक्ति जब्बा द जेहादी नामले चर्चित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्