Logo

धनाढ्य व्यवसायी गर्लफ्रेण्डको खोजीमा, जोडी मिलाइदिनेलाई २५ हजार डलर पुरस्कार दिने



Spread the love

एजेन्सी। अमेरिकाका एक धनाढ्य अहिले गर्लफ्रेण्डको खोजीमा लागेका छन् । त्यसका लागि उनले एउटा डेटिङ वेबसाइट पनि खोलेका छन् । जसले उनका लागि गर्लफ्रेण्ड खोजिदिन्छ उसले २५ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रेमिकाको खोजीमा रहेका ती धनाढ्यको नाम हो जेफ गेबहार्ट । उनी अहिले यस्ती प्रेमिकाको खोजीमा छन् जसले उनका हरेक राम्रा तथा नराम्रा पक्षहरू स्वीकार गरी प्रेम गरुन् । त्यसका लागि उनले आफ्नै वेबसाइटसँगै पुरस्कार राशीको पनि घोषणा गरेर प्रेमिका खोजी अभियान सुरु गरेका छन् ।

आफू निकै सपोर्टिभ हुनुका साथै खुल्ला मनयुक्त रहेको अनि दयालु र हँसीमजाक गरिरहनुपर्ने खालको मानिस रहेको उनी दाबी गर्दछन् । आफ्नो हुनेवाला पार्टनर आत्मविश्वासी तथा मस्ती मजाक गर्नेवाला हुनुपर्ने शर्त उनको छ । आफूसँग सजिलै जीवन बिताउन सक्ने र उनको रुचिको ख्याल गर्दै हाँसीखुसी आफ्नो जीण्वन बिताउन सक्ने खालको प्रेमिका उनले खोजेका छन् ।

यद्यपि, जेफको अनलाइनमा गएर प्रेमिकाको लागि आवेदन गर्न सजिलो भने छैन । यसका लागि एउटा अनलाइन सर्भे नै पूरा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्